आज १५ असार, राष्ट्रिय धान दिवस मनाइँदै



हाम्रो इकोनोमि

 

आज विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ ।

नेपाली समाजमा असार ‘मानो रोपर मुरी उब्जाउने’ महिना मानिन्छ ।

नेपालले २०६२ साल असारदेखि प्रत्येक वर्ष धान दिवस मनाउँदै आएको छ । यस वर्षको धान दिवसको नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।

यस वर्ष असार १५ सम्ममा २० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । गत वर्ष यस अवधिमा ११ प्रतिशत रोपाइँ भएको थियो । विभागका सूचना अधिकारी डा. महादेवप्रसाद पौडेलका अनुसार मनसुन छिट्टै सुरु भएकाले तराई र पहाडका खेतमा धमाधम धान रोपाइँ भइरहेको छ ।

नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुन गरेको छ । धान खेतीको क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । कुल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ ।


संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धान खेती भई ७८ करोड २० लाख मेट्रिक टन उत्पादन हुने गरेको र यसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरूमा हुने गरेको तथ्यांक छ ।

उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ । यसपछि क्रमशः भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरू हुन् । नेपाल १७औँ स्थानमा पर्छ ।

समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३ हजार मिटर उचाइसम्म धानको खेती गरिन्छ ।

मुलुकको कुल गार्हस्थ उत्पादनमा २६ दशमलव ५० प्रतिशत अंश कृषिको रहेकोमा धानको मात्र योगदान १५ दशमलव ३५ प्रतिशत योगदान रहेको कृषि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...