नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोली चल्दा १५ जना घाइते



 

सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १५ जना बढी घाईते भएका छन् ।

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले झडपमा १५ जना भन्दा बढी घाईते भएका र उनीहरु सबैको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको जानकारी दिए । राती झडपलाई नियन्त्रण गर्ने र घाईतेलाई उद्धार गर्ने काममै केन्द्रित भयौँ, प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, अहिले बिहान ककस्लाई गोली लागेको छ भन्ने पहिचान गर्दैछौँ । उनले झडपमा दुई जना प्रहरी समेत घाईते भएका बताए ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल टियर ग्याँस प्रहार गरेको एसपी पोखरेलको भनाई छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले धनकौलको स्थिति सोमवार बिहान सामान्य रहेको बताए ।

धनकौलका पछिल्लो समय नेकपा र काँग्रेसका कार्यकर्ताबीच पटक–पटक झडपका घटना भइरहेका छन् । स्थानीय अन्नपूर्ण चिनी उद्योगबाट चिनी निकासीको विषयमा केही साताअघि मात्रै दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । आइतवार झडप हुनुको कारण भने प्रष्ट भइसकेको छैन् ।

धनकौलमा आइतवार साँझ नेकपाले रामनगरमा भएको हत्याको घटनालाई लिएर र्याली निकालेको थियो । त्यही र्यालीका क्रममा आइतवार साँझ झडप भएको हो । एक साताअघि रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको हत्या भएको थियो । यादव नेकपाका स्थानीय नेता हुन् ।

सो घटनापछि प्रहरीले रामनगर ४ का वडाध्यक्ष रामनरेश महतोलाई हिरासतमा लिएको छ । काँगे्रसले घटनाबारे सबै भन्दा पहिले प्रहरीलाई सूचना दिने वडाध्यक्षलाई बिना कारण राजनीतिक दबाबका आधारमा नियन्त्रणमा लिइएको दावी गर्दै आएको छ भने नेकपाले वडाध्यक्ष महतोसँग बाटो बनाउने विषयमा विवाद भएपछि रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेकाले छानबिन गर्न माग गर्दै आएको छ ।

मृतक रामजलका छोराले वडाध्यक्ष लगायत विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएका छन् । हत्याको घटना राजनीतिकरण भइरहँदा रामजलको शव अघिल्ला साताको आइतवारदेखि जिल्ला अस्पतालको शव गृहमा छ ।

रामजलको हत्या भएको रामनगर गाउँपालिका र आइतवार साँझ झडप भएको धनकौल गाउँपालिका दुवै सर्लाहीको ४ नं. निर्वाचन क्षेत्रमा पर्छ । यहाँ सानो विषयलाई पनि राजनीति रङ्ग दिएर विवादमा परिणत गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह