कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु
काठमाण्डौं । सन् १९६० को दशकको कुख्यात अपराधी चार्ल्स म्यानसनको मृत्यु भएको छ। नौ जन्मकैदको सजाय पाएका ८३ वर्षीय म्यानसनलाई जेलमा बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । सन् १९६९ मा उनको निर्देशनमा अमेरिकाको क्यालिफोर्नियामा ७ व्यक्तिको हत्या भएको थियो।