मुगाबेलाई बाँचुञ्जेल सरकारले मासिक डेढ लाख डलर तलब दिने



काठमाण्डौं । गत हप्ता राजीनामा दिएका जिम्वाबेका शासक रोर्बट मुगाबेलाई सरकारले बाँचुञ्जेल मासिक डेढ लाख डलर तलब दिने भएको छ। यो उनले राष्ट्रपति हुँदा पाइरहेको तलब बराबर हो।

मुगाबेले राजीनामा दिनुअघि भएको सहमतिमा सरकारले उनलाई एकमुष्ट रूपमा पनि रकम उपलब्ध गराउने उल्लेख छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुगाबेले ‘गोल्डेन ह्यान्डसेक’ रूपमा १ करोड डलरभन्दा बढी रकम पाउने बताएका छन्। तर उनले पाउने आधिकारिक रकम भने जिम्वाबे सरकारले खुलाएको छैन। उनको मृत्युपछि पत्नी ग्रेस मुगाबेले आधा तलब पाउनेछिन्।

३७ वर्ष शासन गरेका मुगाबेलाई सरकारले कुनै विषय मुद्दा नचलाउने सर्तमा उनले राजीनामा दिएको बताइएको छ।

सैनिकद्वारा नजरबन्दमा परेर संसदमा महाअभियोगको तयारी भएपछि ९३ वर्षीया मुगाबेले गत हप्ता पदबाट राजीनामा दिएका थिए।

सन् १९८० मा जिम्वाबेको सत्तामा आएका मुगाबेले पत्नीलाई उत्तराधिकारी बनाउन खोज्दा व्यापक विरोध भएको थियो।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको