आँधी र भीषण बर्षाबाट भारतमा आठको मृत्यु, सयजना बेपत्ता



हाम्रो इकोनोमि

भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाका कारण कम्तीमा पनि आठजना व्यक्तिको ज्यान गएको बताइएको छ ।

सो आँधीका कारण कम्तीमा पनि १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ ।

शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ ।

तामिन नाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा यो आँधीले ठूलो असर गरेको छ । यहाँका संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि यस आँधीको ठूलो प्रभाव परेको बताइएको छ ।

सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन ठूलो असर परेको छ । नागरिकहरुलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ भने कतिपयलाई सारिएको पनि छ ।

ती स्थानमा आँधीले कम्तीमा पनि एक हजार वटा रुख ढलाएको छ । त्यसैगरी बिजुलीका खम्बाहरु पनि ढालेकोले विद्युत अवरुद्ध बन्दै गएको पनि बताइएको छ ।

अहिले पनि ती क्षेत्रहरुमा आँधीको प्रकोप जारी नै छ । उद्वारको काम त्यसैले प्रभावकारी रुपमा गर्न नपाइएको अधिकारीहरुले जनाएका छन् ।

हराएका व्यक्तिको खोजी जारी छ, तर आँधीका कारण उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । उद्वारकर्मीहरुले आँधीको प्रकोप कम हुनासाथै खोजी अभियान सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...