राजकुमार ह्यारीको विवाह सुनिश्चित



हाम्रो इकोनोमि

बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ ।

अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो ।
राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गर्नुभएको छ ।

प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।
एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताउनुभएको छ ।

उहाँहरुले आगामी केही महिनापछि विवाह गर्नुहुने भएको छ भने विवाहपछि केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नुहुने भएको छ ।

बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट पाँचौ पालोमा राजगद्दी सम्हाल्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...