अमेरिकाको राजनीतिक दल गलत दिशातर्फ उन्मुख भएको सत्तरी प्रतिशत युवाको दावी



हाम्रो इकोनोमि

अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ ।

उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए ।

ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरुको छ । त्यसैले उनीहरुले यी दुईको सट्टामा अर्को राम्रो कामगर्ने दल चाहेको बताएका हुन् ।

हालै गरिएको सो सर्वेक्षणमा अमेरिकी नागरिकको सो धारणा बाहिर आएको बताइएको छ । उक्त सर्वेक्षणमा सहभागी भएकामध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् ।

उनीहरुले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उहाँले जारी राखेका कामहरु जनताले मन पराउने खालका नरहेको पनि बताएका छन् ।

एनबिसी न्युजले गरेको सो सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत युवाहरुले संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयहरुमा गलत दिशातर्फ उन्मुख भइरहेको जनाएका छन् ।

उक्त सर्वेक्षणका अधिकांश सहभागीहरुले अमेरिकामा राजनीतिक दलले जनताको वास्ता नगर्ने गरेको जनाएका छन् । त्यसैले उनीहरुले हालका दुई दलभन्दा अर्कै राजनीतिक दल चाहेको बताएका छन् ।

राष्ट्रिय रुपमा नै प्रतिनिधित्व हुनेगरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, बर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो ।

उक्त सर्वेक्षण गत अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको थियो । विभिन्न क्षेत्र, बर्ग र समुदायका गरी १ हजार ८७६ जना १८ बर्षदेखि ३४ बर्ष उमेर समूहका युवाहरुलाई सो सर्वेक्षणमा सहभागी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...