यमनमा नागरिक रक्षाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधिको आग्रह



यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधिले यमनमा हुने गरेका द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको रक्षाको लागि सबै पक्षसँग आग्रह गरेका छन्।

देशमा लामो समयदेखि यस्तो झडप बढ्दै गएका र त्यसमा परी निर्दोष सर्वसाधारण नागरिकले ज्यान गुमाउनुपरकोतर्फ उनले सम्बद्ध सबैको ध्यानाकर्षण गराएका हुन्। जसका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ।

गएको २४ घण्टायता यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका छन्। स्माली ओल्ड चेख अहमदले विज्ञप्ति जारी गरी ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य भएको बताएका हुन्।

सानामा पछिल्लो समय यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्तहरु भएका छन्।

विज्ञप्तीमा अन्तर्राष्ट्रिय कानुनको पालनाका साथै अरु विभिन्न प्रचलित कानुनहरुको पालना गर्नु ती सबै समूहको कर्तव्य भएको उनले उल्लेख गरेका छन्।

साथै उनले युद्धरत सबै पक्षलाई शान्तिपूर्ण वार्तामा आएर यसैका माध्यमबाट सबै समस्या समाधानको पहल गर्न पनि आग्रह गरेका छन्।

गत मङ्गलबार र बुधबार भएका विभिन्न स्थानका भिडन्तहरुमा परी राजधानी सानामा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा

जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौंमा

    जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको