भारतमा पत्रकारको हत्यागर्ने सैनिक अधिकारी पक्राउ



नयाँ दिल्ली । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गर्ने सैनिक अधिकारीलाई पक्राउ गरिएको समाचार छ ।

प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको थियो । उनी एक सैनिक जवानको गोली लागेर मारिएका बताइएको थियो ।

त्रिपुरा राज्याको अर्ध सैन्यबलको मुख्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयको अर्ध सैन्य बलका एकजना कनिष्ठ अधिकारीले उनलाई गोली हानेको बताइएको छ ।

सो मुख्यालयका सैनिक कमाण्डेन्ट अफिसर तपन देव बर्माले आफ्ना अङ्गरक्षकलाई नै ती पत्रकारलाई गोली हान्न आदेश दिएका खुलेको छ ।

उनका अङ्गरक्षकलाई बुधबार नै पक्राउ गरिएको थियो । उनकै बयानका आधारमा सैनिक अधिकारी बर्मालाई बिहीबार पक्राउ गरिएको समाचरमा जनाइएको छ । उनलाई आज नै मुद्दा हेर्ने अधिकारीकोमा उपस्थित गराइएको छ ।

सुदिप दत्त भौमिक नाम गरेका ४८ बर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । उक्त पत्रिका बङ्गाली भाषाको पत्रिका हो ।

त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । वरिष्ठ प्रहरी अधिकारी सप्तऋषिले भन्नुभयो– प्रहरी हेड क्वाटरमै यो हत्या कसरी हुन पुग्यो भनेर अनुसन्धान सुरु गरेको छ ।

सो दैनिक पत्रिकाका सम्पादक सुबल कुमार दायले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति लिएर नै आफ्नो सम्वाददाता सो कार्यालयमा गएको जानकारी दिनुभएको छ ।

उहाँले केही स्थानीय सञ्चारमाध्यममा भन्नुभएको छ– भौमिकले उक्त प्रहरी मुख्यालयका अधिकारीको औपचारिक अनुमति र समय लिएर नै त्यहाँ गएको तर उनीमाथिको भ्रष्टाचारको विरुद्धमा सूचना लिन गएको बेला आफ्ना अङ्ग रक्षकलाई गोली हान्न लगाएको पछि पत्ता लागेको छ ।

यसअघि भने उक्त मुख्यालयका प्रमुखको अङ्गरक्षक (सुरक्षा गार्ड) ले उनीसँगको सामान्य वादविवादपछि गोली हानेको बताइएको थियो । तर पछि उनले आफूलाई आफ्नै हाकिमले गोली हान्न आदेश दिएको बयान दिएका छन् ।

यो पत्रकार हत्याको घटना दुई महिनाअघि एकजना टेलिभिजनका पत्रकारको हत्यापछि भएको छ । दुई महिनामात्र अघि एक आन्दोलनको समाचार सङ्कलनका क्रममा आन्दोलनकारीले टिभी पत्रकारको त्रिपुरामा नै हत्या गरिएको थियो ।

त्यसको महिनादिनमात्र अघि पनि एकजना महिला सम्पादकको हत्या भएको थियो । उनको हत्या भने आफ्नै घरको भान्सा कोठामा भएको थियो ।

भारतमा पछिल्लो समयमा पत्रकार हत्याका घटनामा बृद्धि भइरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको