सबै मुलुकले उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्न अमेरिकाको आग्रह



हाम्रो इकोनोमि

अमेरिकाले उत्तर कोरियासँग कुटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न सबै मुलुकसँगू आग्रह गरेको छ।

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले राष्ट्रपति ट्रम्पले उनका चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न भनेको बताइन्।

अमेरिकाले द्वन्द्व नचाहेको तर युद्ध भए उत्तर कोरिया नराम्ररी ध्वस्तू हुने उनले बताइन्।
दुई महिनापछि प्योङयाङले फेरि क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकाको पछिल्लो चेतावनी आएको हो।

शंका
उत्तर कोरियाले बुधबार परिक्षण गरेको क्षेप्यास्त्र ४,४७५ किलोमिटर उचाइमा पुगेको बताएको छ।
जुन इन्टरन्याशनल स्पेस स्टेशनकोभन्दा दश गुणा माथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा पुनस् प्रवेश गर्न सक्ने क्षमताको छ।

उत्तर कोरियाद्वारा बलिस्टिक क्षेप्यास्त्र प्रहारु

उत्तर कोरियाको दावी प्रमाणित भएको छैन र विज्ञहरुले त्यस्तो प्रविधिमा उत्तर कोरियाको दक्षताबारे शंका व्यक्त गरेका छन्।
तर उत्तर कोरियाका नेता किम जङ–अनले क्षेप्यास्त्र परिक्षणलाई ‘त्रुटिरहितू र ‘ठूलो उपलब्धिू भनेका थिए।

यो वर्ष भएका कैयौंमध्ये एक यो परिक्षणको अन्तर्राष्ट्रिय समुदायले भर्त्सना गरेको थियो र सुरक्षा परिषदले आपत्‌कालीन बैठक डाकेको थियो।

हेलीले उत्तर कोरियाको कामले उक्त क्षेत्रलाई थप अस्थिर बनाएको बताइन्। स्रोतः बि.बि.सी

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...