नेताका घरमा मुख्य सचिब बनाई दिन भन्दै शुरु भयो देउसी भैलो,दौडमा कोको?
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले अबको पाँच ६ दिनपछि सेवाबाट अवकाश लिँदैछन्। कात्तिक ७ गते अवकाश लिनुअघि नै सरकार मुख्यसचिव नियुक्तिको तयारीमा छ। गत असार २९ गते मुख्यसचिवमा नियुक्त भएका क्षेत्री सेवा निवृत्त हुने दिन नजिकिँदै जाँदा तीन सचिव मुख्यसचिवको दौडमा छन्।