पूर्व मन्त्री एमाले नेता राईमाथी बम प्रहार, अंगरक्षक गम्भीर घाइते



हाम्रो इकोनोमि

उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट गराउने कार्यले तिब्रता पाउन थालेको छ। नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता बर्षमान पुन र जनार्दन शर्मामाथी बम प्रहार भएको घटना सेलाउन नपाउँदै भोजपुरमा एमाले नेता शेरधन राईमाथी बम प्रहार गरिएको छ । भोजपुरबाट प्रदेशसभामा उम्मेद्धार बनेका राईलाई लक्षित गरी बम प्रहार गरिएको थियो । राई सकुशल भएपनि उनका अंगरक्षक भने घाइते भएका छन् ।

केही दिनअघि रुकुम र रोल्पामा शर्मा र पुनलाई लक्षित गरी बम प्रहार गरिएको थियो । मंगलबार राईलाई लक्षित गरी भोजपुरको सिमाना रहेको पिखुवा खोलामा बम प्रहार गरिएको थियो । गोगनेको आमसभामा जान लागेका राईलाई पिखुवा खोलाको सडक घुम्ति पारेर बम प्रहार गरिएको थियो । राई चढ्को गाडी लक्षित गरी प्रहार गरिएको बम लागेर अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा सामान्य चोट लागेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...