ओली र प्रचण्डले आफुलाई हराउन लागेको भन्दै दुइ नेता विरुद्ध यसरी कुर्लिए सिटौला



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जनआन्दोलनमा लागेर गणतन्त्र ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको व्यक्ति भएकाले जनताले खुसीसाथ मतदान गर्ने बताएका छन्।

गणतन्त्र ल्याउनका लागि रगत बगाएका सहिदको सम्मानका लागि पनि आफूलाई मतदान गर्नुपर्ने तर्क सिटौलाले गरेका हुन्। ‘परिवर्तनको पक्षमा रहेको कुनैपनि मतदाताले मलाई छोडेर राप्रपाका उम्मेदवारलाई भोट हाल्नै सक्दैनन्। यो मेरो विश्वास हो,’ सिटौलाले भने।

जनआन्दोलनमा आफ्नो भूमिका कस्तो थियो भन्ने कुरा मतदातालाई राम्रोसँग जानकारी भएको बताउँदै सिटौलाले त्यही आन्दोलन दबाउन शक्तिको दुरुपयोग गर्ने दलका नेतालाई जनताले भोट हाल्न नसक्ने दाबी गरे।

सिटौलाले दोस्रो संविधान सभाको चुनावका बेला संविधान निर्माण गर्छु भनेर भोट मागेको स्मरण गर्दै कांग्रेसकै सभापतिको नेतृत्वको सरकारको अगुवाईमा संविधान निर्माण भएको बताए। उनले आफू संविधान मस्यौदा समितिको सभापतिको हैसियतले संविधान निर्माणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिका खेलेको जनतालाई स्मरण गराए।

संविधान निर्माणका साथै आफ्नो निर्वाचन क्षेत्रमा करिब साढे तीन अर्ब बजेट विकास निर्माणका लागि विनियोजन गरिएको जानकारी सिटौलाले दिए।

प्रतिस्पर्धी राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनलाई उनले राजाको शासनकालमा के विकास भयो भनेर प्रश्न गरे। ‘राजा ज्ञानेन्द्रको शासनकाल ४ वर्ष चल्यो। यही राप्रपाका नेताहरु उनका हर्ताकर्ता भए। देश दमको चक्रव्यूहमा फस्यौँ। विकास भएन,’ सिटौलाले भने।
राप्रपाका नेताहरुले दमन, लुटपाट, हत्याबाहेक अरु केही पनि काम नगरेको सिटौलाको भनाइ छ।

सिटौलाले परिवर्तन नचाहने शक्ति राप्रपासँग कांग्रेसले चुनावी तालमेल गरेकोमा असन्तुष्टी व्यक्त गरे। जनआन्दोलन र संघर्षलाई दबाउनका लागि बर्बर क्रुर काम गर्नेहरुलाई बोकेर हिँड्न नहुने सिटौलाको भनाई छ।

सिटौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा प्रतिगामी शक्तिलाई सहयोग गरेर महाभूल गरेको आरोप पनि लगाए।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...