आफ्ना बिश्वशिला कारिन्दा एकै क्षेत्रबाट उठेपछी भारतलाई मिलाउन यसरी भयो महाभारत, राजेन्द्र महतो हराउने, विमलेन्द्र निधि जिताउने भारतको लाइन !



हाम्रो इकोनोमि

दक्षिण छिमेकी भारतले धनुषा –३ बाट काँग्रेस नेता विमलेन्द्र निधिविरुद्ध उम्मेदवारी दिएका रापजा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेको खुलासा भएको छ ।

उम्मेदवारी फिर्ता लिएर काँग्रेस नेता निधिलाई समर्थन जनाउन महतोमाथि भारतीय पक्षले दबाब दिएको हो । निधि र महतो भिड्दा परिणाम सहजै बाम गठबन्धनको पक्षमा जाने भएकाले पछि हछट्न उनलाई दबाब दिइएको राजपा उच्च स्रोतले बतायो । गृह जिल्ला सर्लाहीमा निर्वाचन जित्ने विश्वास नभएपछि महतो धनुषा गएका हुन् । निधि र महतो दुवै भारत निकट नेता मानिन्छन् । आफ्ना लागि काम गर्ने दुई नेता एकाअर्का विरुद्ध चुनावी मैदानमा उत्रिएको भारतलाई मन परेको छैन ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले महतोसहित राजपा नेताहरुलाई लैनचौरस्थित दूतावासमै बोलाएर निधिलाई सघाउन भनेका हुन् । निधिकै पहलमा रादजूत पुरीले राजपा नेताहरुलाई दूतावासमा बोलाएर महतोलाई पछि हटाउन प्रयास गरेका थिए । तर, महतोले मानेनन् । निधिले आफ्नो जिल्ला छाडेर किन धनुषा आउनु परेको ? भन्दै महतोलाई सर्लाहीमै काँग्रेसले समर्थन जनाउने प्रतिबद्धता जनाएका थिए ।

यद्यपि महतोले भने मधेस आन्दोलन तराईका कुनै एक जिल्लामा मात्र नभई सबैतिर भएकाले मधेस आन्दोलनको भावनाअनुसार आफू जहाँबाट पनि निर्वाचन लड्न स्वतन्त्र रहेको भन्दै पछि नहट्ने अडान लिएको दाबी स्रोतको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...