पूर्व मन्त्री रायमाझीले गरे कांग्रेसका पूर्व सांसदले गरेको कुकृत्यको यस्तो भण्डाफोर,चोर बाटो बाट के-के जस लिन खोजे भण्डारीले?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेपाली काँगे्रसका केन्द्रीय सदस्य तथा गुल्मी–२ का पूर्व सांसद चन्द्र भण्डारीले विकासका नाममा नक्कली र फर्जी कुरा गर्दै हिँडेको आरोप लगाउनुभएको छ । गुल्मीको तम्घासमा अर्घाखाँचीबाट आई विभिन्न पेसा व्यवसाय गरी बसेका समुदायलाई सम्बोधन गर्दै पूर्वमन्त्री रायमाझीले सालझण्डी–तम्घास फास्ट ट्रयाक आफु मन्त्री भएको कार्यकालमा एमाले नेता प्रदीप ज्ञवालीको जोडबल र दबावमा सुरु गरेको बताउँदै भन्नुभयो–‘चन्द्र भण्डारी जीले यो सालझण्डी–पटौती–तम्घास सडक खण्डको काम अघि बढेपछी मात्र थाहा पाउनुभएको हो । प्रदीपजीको जोडबलमा हामीले योजना समावेस ग¥यौँ तर चन्द्रजीले आफुले पारेको भन्दै फेसबुके प्रचार थाल्नुभएछ जबकि यो सडक आयोजनाको सिलान्यास मैले नै गरेको हो । तपाईहरुले यस्ता नक्कली कुराको भण्डाफोर गर्नुहोस, चन्द्र भण्डारी मात्र होइन नेपाली काँगे्रस नक्कली कुरा गर्न र जनता झुक्याउन माहिर छ । यस्तो झुटो प्रचारबाट जनतामा पर्न गएको भ्रम चिर्न जरुरी छ ।’

नक्कली कुरा गर्न माहिर चन्द्र भण्डारी म सँग आएर विभिन्न योजना मैले पारेको भनेर तपाईले पनि भनिदिनु प¥यो भन्नुभएको थियो तर मैले त्यसो गरिन । अहिले उहाँ हाँ हाँ र हुँ हुँ गर्दै हिड्नु भएको छ । माओवादी केन्द्रका नेता राममाझीले थप्नुभयो ‘फास्ट ट्रयाक लगायत विभिन्न मोटरेवल पुलका योजना प्रदिपजीको जोडबलमा म मन्त्री भएको बखत समावेस गरिएको हो, गुल्मीमा यथार्थ कुरा ओझेलमा र भुटो कुरा सतहमा आएछ, तपाईहरुले ढुक्कले प्रचार गर्नुप¥यो ।’
गुल्मी क्षेत्र नंं–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका काँगे्रस नेता चन्द्र भण्डारीले सबै योजना आफैले पारेको भन्दै फेसबुके अभियान चलाईरहेका बेला पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता रायमाझीले भण्डाफोर गर्नुभएको हो । अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागी बामगठबन्धनका साझा उम्मेदवार समेत रहेका माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले केन्द्रमा दुईतिहाई बहुमत पु¥याउन वामगठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन र निर्वाचन अभियानमा सक्रिय भुमिका निर्वाह गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा अर्घाखाँची जिल्लाबाट प्रदेश सभा सदस्यका उम्मेदवार एवं एमाले अघाँखाँचीका अध्यक्ष चेतनारायण आचार्य, माओवादी केन्द्रका नेता एवं प्रचार संयोजक चन्द्रबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले कार्यक्रमको समापन गर्दै प्रदिप ज्ञवालीको कार्यकालमा भएका कामहरु प्नि निवर्तमान सांसद भण्डारीले आफैले गरेको भनि नक्कली प्रचार गरेकोमा विरोध गर्दै नक्कली देखि सावधान रहन सबैमा अपिल गर्नुभयो । मेयर भुसालले गुल्मी र अर्घाखाँचीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दायीत्व आफ्नै हो भन्ने ठानेर सक्रियता पूर्वक निर्वाचन अभियानमा खट्न सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...