देउवाको हातमा बाबुराम र पशुपति हार्ने रिपोर्ट परे पछी कांग्रेसले आत्तिदै पत्रकार सम्मेलन गरेर के-के भन्यो,यसरी हार्दैछन् राणा र भट्टराई?



हाम्रो इकोनोमि

नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्धय डा. बाबुराम भट्टराई र पशुपतिशमशेर राणा दुबैले चुनाव जित्ने दाबी गरेको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै उम्मेदवार विजयी हुने दावी गरे ।

लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका डा. भट्टराई गोरखा क्षेत्र नम्बर २ र र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।
पत्रकार सम्मेलनमा खाँडले आगामी मंसीर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार अभियानमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिएको पनि स्पष्ट पारे । नेपाली काँग्रेसले पहिलो चरणमा प्रतिनिधि सभाका लागि ३५ जना र प्रदेश सभाका लागि ६६ जना उम्मेदवारी दिएको छ ।
काँग्रेसले मतदान बदर हुन नदिन सचेत रहन पनि आम मतदातालाई आह्वान गरेको छ ।

संयोजक खाँडले लोकतन्त्रलाई बलियो बनाउन पनि मत पत्र बदर हुन नदिन पार्टीले आम मतदातालाई सचेत रहन आग्रह गरेको स्पष्ट पारे ।
काँग्रेसले मतदान बदर हुन नदिन देशभर मतदाता प्रशिक्षण कार्यक्रम पनि संचालन गरिरहेको पनि जनाएको छ ।
नेपाली काँग्रेसले निर्वाचनमा पार्टीको पक्षमा जनमत सृजना गर्न उत्साहका साथ लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत पनि गराउँदै आएको छ । तर गुप्तचरले भने देउवालाई दुवै नेता हार्ने रिपोर्ट दिएको छ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...