मुख्य खबर

निर्वाचन आयोगले सूर्य चिन्ह हामीलाई दिन्छ : प्रचण्ड

  विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग र सर्बोच्च अदालतलाई चेतावनीको भाषा दिँदै कयामत हुने बताएका हुन् ।