देउवाले किन पत्याएनन् प्रचण्डलाई यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

पछिल्लो पटक फेरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री अफर गर्न पुग्नु भएका प्रचण्ड निराश भए फर्कनु भएको हो । यसअघि नै प्रचण्डले डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतलाई पनि प्रधानमन्त्रीको अफर गरिसक्नु भएको छ । मंगलबार देउवा भेट्न उहाँ बुढानिलकण्ठ पुग्नु भएको थियो ।

भेटमा कांग्रेसका सभापति देउवाले जनता समाजवादी दल र यहाँहरुको स्पष्ट धारणा नआएसम्म सरकारमा जाने कुरा नगर्न दाहाललाई आग्रह गर्नुभएको थियो । ‘अदालतको आदेश पुनरावेदन दर्ता गराएर यता सरकार बनाउने विषय गर्न आउनु भएको छ,’ देउवाको भनाईलाई उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘यहाँहरूलाई कसरी बुझ्ने ? स्पष्ट धारणा के हो ? कसरी जाने भन्ने पहिला यहाँहरू स्पष्ट भएर आउनु होला अनि सहकार्यको विषयमा कुरा हुन्छ ।’

ढुक्क हुने कुरा नै नभएकाले पनि अन्यौलता रहेको उहाले स्पष्ट पारिदिनु भयो । देउवाले दाहाललाई कसैको समर्थन र विरोध भन्दा पनि विधिको शासनलाई कांग्रेसले अंगाल्ने बताएपछि दाहालले आफूले त्यसप्रकारको वातावरण तय गर्ने बताउनु भएको थियो । दाहालले यहाँले (देउवा) नै सरकारको नेतृत्वगरेर नयाँ सरकार बनाउन पर्ने भन्दै त्यसको लागि पहल गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...