देउवाले किन पत्याएनन् प्रचण्डलाई यस्तो छ कारण



हाम्रो इकोनोमि

 

 

पछिल्लो पटक फेरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री अफर गर्न पुग्नु भएका प्रचण्ड निराश भए फर्कनु भएको हो । यसअघि नै प्रचण्डले डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतलाई पनि प्रधानमन्त्रीको अफर गरिसक्नु भएको छ । मंगलबार देउवा भेट्न उहाँ बुढानिलकण्ठ पुग्नु भएको थियो ।

भेटमा कांग्रेसका सभापति देउवाले जनता समाजवादी दल र यहाँहरुको स्पष्ट धारणा नआएसम्म सरकारमा जाने कुरा नगर्न दाहाललाई आग्रह गर्नुभएको थियो । ‘अदालतको आदेश पुनरावेदन दर्ता गराएर यता सरकार बनाउने विषय गर्न आउनु भएको छ,’ देउवाको भनाईलाई उद्धृत गर्दै एक नेताले भन्नुभयो, ‘यहाँहरूलाई कसरी बुझ्ने ? स्पष्ट धारणा के हो ? कसरी जाने भन्ने पहिला यहाँहरू स्पष्ट भएर आउनु होला अनि सहकार्यको विषयमा कुरा हुन्छ ।’

ढुक्क हुने कुरा नै नभएकाले पनि अन्यौलता रहेको उहाले स्पष्ट पारिदिनु भयो । देउवाले दाहाललाई कसैको समर्थन र विरोध भन्दा पनि विधिको शासनलाई कांग्रेसले अंगाल्ने बताएपछि दाहालले आफूले त्यसप्रकारको वातावरण तय गर्ने बताउनु भएको थियो । दाहालले यहाँले (देउवा) नै सरकारको नेतृत्वगरेर नयाँ सरकार बनाउन पर्ने भन्दै त्यसको लागि पहल गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...