सरकारलाई हाम्रो समर्थन छैन : माओवादी केन्द्र



हाम्रो इकोनोमि

 

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ । पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले यो सरकारलाई  राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने बताए । ‘यो सरकारलाई हाम्रो सर्मथन छैन,’ श्रेष्ठले भने, ‘हामीले प्राविधिकरुपमा मात्रै चिठी लेखि सकेका छैनौ ।’ सर्वोच्चको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६ (२) को अनुसार भएको भन्दै उनले सरकारले आफूहरुको सर्मथन नमागेको पनि बताए। श्रेष्ठले भने, ‘सर्वोच्चको फैसलापछि सरकार ७६ (२) को सरकार भएकाले हामीलाई अहिलेसम्म सर्मथन मागेको पनि छैन। हामीले सर्मथन दिएका पनि छैनौं ।’

केपी ओलीको सरकार विस्थापन गर्ने कुरामा आफूहरु प्रष्ट रहेको भन्दै श्रेष्ठले कांग्रेस र जसपालाई पनि प्रष्ट हुने आग्रह गरे। ‘सबै राजनीतिक पार्टीलाई आआफ्नो कुरो प्रष्ट रुपमा ल्याउन अनुरोध गर्दैछौं,’ श्रेष्ठको भनाइ छ, ‘केपी ओली कै सरकारमा जानु छ भने पनि गए हुन्छ तर प्रष्टसँग आउनुपर्‍यो । हाम्रो लाइन प्रष्ट छ–हामी केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहान्छौं ।’ यही संसदलाई क्रियाशिल बनाउने चाहाना माओवादीको भएको भन्दै सर्मथन फिर्ताअघि सबै राजनीतिक पार्टीसँग छलफल गरिने जानकारी श्रेष्ठले गराए। ‘हामी यो संसदलाई पुरा अवधि क्रियाशिल बनाउन चाहान्छौं,’ उनको भनाइ छ, ‘यही कारणले मात्रै हामीले औपचारिक रुपमा सर्मथन फिर्ता छ भनेर लेखेर दिनुभन्दा अगाडि सबै राजनीतिक पार्टीहरुसँग छलफल गरेर राजनीतिक परिस्थितिको ठीक आँकलन गर्ने काम गरिराखेका छौं।’

प्रतिक्रिया दिनुहोस
कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...

बिज्ञापन बोर्डले फेरि रोक्यो लोकल्याणकारी विज्ञापनको विल

    बिज्ञापन बोर्डले २०८३ श्रावण महिनामा प्रकाशन गरेको लोकल्याणकारी विज्ञापन वापतको पत्रपत्रिकाको...