एमालेको अर्को नयाँ कमिटी बनाउछौं – माधव नेपाल



हाम्रो इकोनोमि

 

नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले अब चाँडै केन्द्रमा पनि केपी ओलीलाई अध्यक्षबाट हटाएर नयाँ कमिटी गठन हुने घोषणा गरेका छन् । बिहीबार बिहान पोखरामा कास्की जिल्लामा आफू पक्षीय कमिटीको घोषणा गर्दै नेपालले अब चाँडै केन्द्रको पनि घोषणा गर्ने बताए । नेपालले भने, ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।’

नेता नेपालले धेरै युवाको साथ आफूलाई आइसकेको भन्दै खुट्टा कमाएर नभाग्ने र केपी ओलीको कारबाहीबाट नडग्ने बताए । एमालेले माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीको सदस्यबाट निलम्बन गरेको छ । नेपालसँगै अर्का नेता सुरेन्द्र पाण्डे पनि कास्की पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...