कांग्रेसलाई जिताउन भन्दै क्यानडाबाट सुटुक्क नेपाल फर्किए लोकमानसिंह कार्की
सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की ९ महिनापछि क्यानडाबाट नेपाल फर्किएका छन्। कार्की यही मंसिर १ गते दिल्ली हुँदै काठमाडौँ आएका हुन्। स्रोतका अनुसार कार्की अब क्यानडा नफर्कने गरी नेपाल आएका हुन्।