देउवाकी एक्ली श्रीमतीलाई हराउने नारदमुनिले दुइ श्रीमतीलाई साक्षी राख्दै यसो भने,श्रीमानलाई कसले पहिले अबिर र माला लगाउने भन्नेमा होडबाजी



हाम्रो इकोनोमि

५ यसपालि सबैको चासोको क्षेत्र बन्यो। कारण, यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री पत्नी आरजु राणा देउवा लड्दै थिइन्। ‘टुरिस्ट उम्मेदवार’को ट्याग लागेपछि उनले कैलालीमा घर नै खरिद गरिन्, जसका लागि ५० लाख रुपैयाँ बैनाबापत दिइसकेको उनले बताइसकेकी छिन्।

चुनाव जित्न ठूलो लगानी गरे पनि अन्नत: उनी पराजित हुन पुगिन्, एमाले उम्मेदवार नारदमुनि रानासँग।

जब मतगणनाको अन्तिम नतिजा आएपछि राना विजय घोषित भए, उनका दुवै श्रीमती बधाई दिन निर्वाचन अधिकृतको कार्यालय हान्निए। उनीहरुमध्ये कसले पहिले अबिर र माला लगाउने भन्नेमा होडबाजी नै चल्यो। यद्यपि जेठी श्रीमतीले पहिले माला लगाइदिएकी थिइन्।

विजयपछि रानाले दुवै श्रीमतीलाई साक्षी राखेर चुनावको बेला गरेका वाचा पूरा गर्ने बताएका छन्। संविधान कार्यान्वयन र मुलुकको विकासमा प्रतिबद्ध भएर लाग्ने उनले बताए।

वाम गठबन्धनबाट उम्मेदवार बनेका रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने राणाले २२ हजार ३ सय २२ मत ल्याइन्। राणा ४ हजार ८ सय ८० मत अन्तरले पराजित भएकी हुन्। कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेको थियो। स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा रहेको प्रदेशको एक मात्र उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो।

धनगढी उपमहानागरपालिका ८ का स्थानीयवासी रहेका राना २०६४ सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट समानुपातिकतर्फका समासद समेत रहेका थिए। दलाललाई रातो पासपोर्ट बेचेको आरोप लागेका उनलाई पछि अदालतले सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...