कर्मचारीमाथि गाेली हानेर अज्ञात समूहले चार लाख लुट्यो
सुनसरीको धरान उपमहानगरपालिका–५ साउनेटारमा रहेको जीवन विकास वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी नगद लुटिएको छ । गोली प्रहारबाट कर्मचारी मोरङ, धनपालथानका शम्भु गच्छदार घाइते छन् । उनको बायाँ हातको कुइनामुनि र बायाँ कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ