कर्मचारीमाथि गाेली हानेर अज्ञात समूहले चार लाख लुट्यो



हाम्रो इकोनोमि

 

सुनसरीको धरान उपमहानगरपालिका–५ साउनेटारमा रहेको जीवन विकास वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी नगद लुटिएको छ ।

गोली प्रहारबाट कर्मचारी मोरङ, धनपालथानका शम्भु गच्छदार घाइते छन् । उनको बायाँ हातको कुइनामुनि र बायाँ कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते गच्छदारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

गच्छदारसँग भएको चार लाख रुपैयाँ लुटिएको बताइएको छ । गोली प्रहार गर्ने समूहको खोजी गरिरहेको प्रहरीले बताएको छ । घटनास्थल धरान बजारबाट पूर्व सेउती खोलापारि देउराली नजिकै पर्छ ।

बैंककै कामको सिलसिलामा धरान बजारबाट केही पर गाउँमा पुगेका बेला गच्छदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गच्छदारसँग रहेको झोला लुट्नकै लागि गोली प्रहार भएको खुलेको छ । तर, घटनाको यथार्थ विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...