कर्मचारीमाथि गाेली हानेर अज्ञात समूहले चार लाख लुट्यो



हाम्रो इकोनोमि

 

सुनसरीको धरान उपमहानगरपालिका–५ साउनेटारमा रहेको जीवन विकास वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार गरी नगद लुटिएको छ ।

गोली प्रहारबाट कर्मचारी मोरङ, धनपालथानका शम्भु गच्छदार घाइते छन् । उनको बायाँ हातको कुइनामुनि र बायाँ कम्मरमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते गच्छदारको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

गच्छदारसँग भएको चार लाख रुपैयाँ लुटिएको बताइएको छ । गोली प्रहार गर्ने समूहको खोजी गरिरहेको प्रहरीले बताएको छ । घटनास्थल धरान बजारबाट पूर्व सेउती खोलापारि देउराली नजिकै पर्छ ।

बैंककै कामको सिलसिलामा धरान बजारबाट केही पर गाउँमा पुगेका बेला गच्छदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गच्छदारसँग रहेको झोला लुट्नकै लागि गोली प्रहार भएको खुलेको छ । तर, घटनाको यथार्थ विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...