यी हुन् सगरमाथाको चुचुरोमा हस्तमैथुन गरेर नेपालीहरूको अपमान गर्ने गिरोह, कारबाही गर्न माग



हाम्रो इकोनोमि

 

विश्वकै अग्लो चुचुरो सगरमाथाको पवित्र स्थानमा बसेर एकजना अमेरिकन नागरिकले हस्तमैथुन गरेर नेपाल र नेपालीहरूको अपमान गरेका छन् ।

 

अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय युवकले अत्यन्त पवित्र र आस्थाको केन्द्र मानिने सगरमाथा शिखरमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् । ह्युज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।

 

‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ’, करिम शाह निजारीले ट्वीटमा तस्वीर राखेर भनेका छन्, ‘भर्जिन आइल्यान्डका ३६ वर्षीय ह्युज ए रेक्सहनले स्थानीय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरूको उपस्थितिमा यो उपलब्धि हासिल गरेका हुन् ।’

 

करिम शाह निजारीले हस्तमैथुन गर्दै गरेको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ट्वीट गरेका छन् । रेक्सहन बिहीबार सर्वोच्च शिखर सगरमाथा पुगेका हुन् । अमेरिकन नागरिकले विश्वकै सर्वोच्च शिखर सथरमाथाको चुचुरोमा पुगेर गरेको यो दुश्सासको चौतर्फी विरोध भएको छ ।

 

सगरमाथाको चुचुरोमा पुगेर हस्तमैथुन गर्ने अनुमति कसले र किन दियो भनेर सरकारको आलोचना भएको छ । सामाजिक सञ्जालमा सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने अमेरिकन नागरिक उनीसँगै रहेका साथीहरूलाई कारबाहीको माग गरिएको छ ।

 

नेपालको आस्थाको केन्द्र सगरमाथाको चुचुरोमा भगवान गौतम बुद्धको मूर्ति पनि राखिएको छ । यति पवित्र स्थानमा उट्पट्याङ गर्नेहरूलाई छुट दिन नहुने माग उठेको छ ।

 

अमेरिकन नागरिकले सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्दै गरेको तस्वीर खिचाएका छन् । उनको यो कार्यले पौने तीन करोड नेपालीहरूको चित्त दुखाएको छ । ती अमेरिकन नागरिकविरुद्ध सामाजिक सञ्जालमा आलोचना भएको भएको छ ।देनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...