४ करोड ७६ लाख भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ



हाम्रो इकोनोमि

 

कतार हुँदै नेपाल छिराइएको भारतीय २ हजारका नोट समेत रहेको करोडौं रकमसहित त्रिभुवन विमानस्थलबाट युनुस अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

 

ठूला दुई सुटकेसमा यसरी भारतीय नोट ल्याइएको त्रिभुवन विमानस्थल प्रहरी प्रमूख एसएसपी सन्दिप भण्डारीले पुष्टि गरे । कतारबाट आएका भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको बताउँदै भण्डारीले दैनिक नेपालसँग भने,‘हामी नोट गन्दैछौं, दुई सुटकेस छ । अहिलेसम्म २ हजारका नोट फेला परेका छन्, अर्को खोल्न बाँकी छ ।’

 

विमानस्थल प्रहरीसहित प्रहरी प्रधान कार्यालयको टोली पनि अनुसन्धानमा संयुक्त रूपमा खटिएको छ । यी नोटका कारोबारीबारे अझै अनुसन्धान जारी रहेको प्रहरीले जनायो । ‘अप्रेशन जारी छ यस विषयमा विस्तृत विवरण हामीले सबै अनुसन्धान गरीसकेपछि आउनेछ’, भण्डारीले भने ।

 

विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत अन्सारीसहित आएका ३ र उनीहरूलाई लिन गएका नसरुद्दिन अन्सारीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ गरिएका मध्ये अन्सारी यसअघि पनि पटक–पटक भारतीय नक्कली नोटको कारोबारमा मुछिएका थिए । पछिल्लो पटक पक्राउ गरि केन्द्रीय कारागारमा उनलाई राखिएको थियो । सो कारागारमा भारतीय नागरिक मनमित सिंहले उनलाई लक्षित गरी गोली प्रहार गरेका थिए ।

 

प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए । उनको दाउद इब्राहिमको सञ्जालसँग सम्बन्ध रहेको भनी भारतीय प्रशासनले पटक–पटक दाबी गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...