गति अनुसार मति बनाउन ईश्वरको सुझाव



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई स्मरण गर्दै वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

पार्टीभित्र विवाद चर्किँदै गएपछि नेता पोखरेलले एमाले स्थापना कालदेखि नै प्रतिकूल परिस्थितिसँग जुध्दै सुसंगत विचार, व्यवस्थित विधि–पद्धति, सामूहिक नेतृत्व प्रणाली तथा नियन्त्रण र सन्तुलनको अभ्यासका आधारमा सुदृढ हुँदै आएको बताए ।

उनले पार्टीले जनतामाझ आफ्नो स्पष्ट पहिचान र हैसियत स्थापित गर्नुपर्ने बताए । ०८२ मंसिरमा सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनले पनि यिनै मूलभूत मूल्य र मान्यतालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित गम्भीर बहस र छलफललाई अगाडि बढाएको उल्लेख गरेका छन् ।

पार्टीका नेता, कार्यकर्ता तथा समर्थकलाई यस ऐतिहासिक पृष्ठभूमि कहिल्यै नबिर्सन आग्रह गर्दै उनले भनेका छन्, ‘यिनै मूल्य र मान्यताको निरन्तरताबाट मात्र हामी अगाडि बढ्न सक्छौं र अहिले भइरहेका चौतर्फी षड्यन्त्रपूर्ण हमलाको सामना गर्दै पुनः सशक्त रूपमा उभिन सक्छौं।

सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद, आत्मकेन्द्रीत अभिव्यक्ति तथा विधि–पद्धति विपरीतका गतिविधिलाई अत्यन्त हानिकारक भएको टिप्पणी गरे । पार्टीलाई जनताको प्रिय बनाउन र नयाँ स्तरमा गतिशील बनाउन एकता आवश्यक रहेको बताए । विकसित परिस्थितिअनुसार सोच र व्यवहार सुधार गर्नुपर्ने बताए ।

अहिले चुनौतीको घेरामा परेको एमालेलाई बचाउन र सुदृढ बनाउन सबै पंक्ति सचेत र एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले भनेका छन्, ‘नयाँ स्तरमा गतिवान् बनाउन एकताबद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । गतिलाई बुझ्नपर्छ ।

गति अनुसार मति बनाऔँ (विकसित परिस्थिति अनुसार आफ्ना चिन्तन र व्यवहारमा सुधार गरौँ) आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मूर्खता नगरौँ! गति अनुसार मति सपार्ने काममा लागौँ! सिङ्गो एमाले पङ्क्तिले यो कुरा बुझौँ! अहिले चुनौतीको भुँवरीमा परेको एमालेलाई यसरी मात्र बचाउन सकिन्छ- यसरी मात्र रक्षा गर्न सकिन्छ !

प्रतिक्रिया दिनुहोस
परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

    राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका...

आन्दोलनको लागी तयार हुन एमालेलाई महासचिवको निर्देशन

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश...

सबै पालिकामा पार्टी जागरण अभियान शुरु गर्न निर्देशन

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...