युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प



हाम्रो इकोनोमि

 

 

अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको निष्कर्ष निकालेको छ । सीएनएनको विशेष रिपोर्टअनुसार, जारी द्वन्द्व र आक्रमणका बाबजुद इरानको मिसाइल प्रणाली पूर्ण रूपमा कमजोर भएको छैन ।

इरानले अझै पनि मध्यम र दीर्घ दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता सुरक्षित राखेको अमेरिकी मूल्यांकनले देखाएको छ । केही सैन्य संरचना क्षतिग्रस्त भए पनि प्रमुख प्रक्षेपण प्रणाली र भण्डारण संरचना अझै सक्रिय अवस्थामा रहेको बताइएको छ । यसले गर्दा इरानसँगको युद्ध अझ लम्ब्याउने कि पछि हट्ने भन्ने दोधारमा अमेरिका छ ।

आक्रमणपछि पनि क्षमता कायम

अमेरिका र इजरायलका आक्रमणले इरानका केही सैन्य पूर्वाधारमा क्षति पुर्‍याए पनि समग्र क्षेप्यास्त्र क्षमता समाप्त नभएको निष्कर्ष निकालिएको छ । इरानले मोबाइल लन्चर, भूमिगत संरचना र विकेन्द्रित प्रणाली प्रयोग गर्दै आफ्नो क्षमता जोगाइरहेको छ ।
इरानको यो क्षमता कायम रहनुले मध्यपूर्वमा थप तनाव बढाउने विश्लेषण गरिएको छ । विशेषगरी अमेरिकी सैनिक अड्डा र सहयोगी राष्ट्रहरू इरानी क्षेप्यास्त्रको दायराभित्र पर्ने भएकाले सुरक्षा चुनौती यथावत रहेको बताइएको छ ।
विश्लेषकहरूका अनुसार इरानको मिसाइल क्षमता यथावत रहनुले युद्ध अन्त्यका कूटनीतिक प्रयासहरू थप जटिल बन्न सक्छन् । हालसम्म इरानले आफ्नो सैन्य क्षमताबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

तर, अमेरिकी गुप्तचर निकायको यो मूल्यांकनले युद्धको दिशा र रणनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...