जसपा छिन्नभिन्न, तासको घर झै ढल्यो, कुन गुट कता
नयाँ संविधानको विरोध गर्ने शक्तिहरुबीचको एकताले निर्माण भएको जनता समाजवादी पार्टी छिन्नभिन्न हुने दिशातर्फ बढेको छ । रोचक पक्ष यो छ कि जसपा कुनै सैद्धान्तिक विषयमा नभई व्यक्तिलाई प्रधानमन्त्रीमा साथ दिने या नदिने विषयमा फुटको संघारमा पुगेको हो ।