स्थायी कमिटी बैठकमा जान्न, देउवालाई धोका दिन्न् : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

एमाले बरिष्ठ नेता माधवकुमार नेपालले छलफलका लागि आएका आफ्नै समुहका प्रभावशाली नेताप्रति आफ्नो बिश्वास टुटिसकेको बताउनु भएको छ । स्थायी कमिटी बैठक रोक्न लगाएर छलफलका लागि नेपाल निवास कोटेश्वर पुग्नुभएका उपाध्यक्ष भीम रावलसहितका नेताहरुसँग माधवले आफ्नो बिश्वास टुटिसकेको र आफू धेरै अगाडि बढिसकेको भन्दै एकताको च्याप्टर क्लोज गर्न भन्नुभएको हो ।

माधवसँग एमाले उपाध्यक्ष रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतका नेताहरुले शनिवार भेटनुभएको हो । सो भेटमा माधवसँग रावलले १० बुँदे सहमति मान्ने कि नमान्ने ? भन्ने प्रश्न राख्नुभएको थियो । ओलीले १० बुँदे सहमति स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गरिसकेको भन्दै १० बुँदेमा टेकेर ओलीसँग पावर शेयरिङको लागि कुरा गर्न पनि नेताहरुले नेपाललाई सुझाउनु भएको थियो । तर नेपालले ओलीको जालझेल र षडयन्त्रमा आफू नफस्ने भन्दै दोस्रो अध्यक्ष जसलाई बन्न मन छ बने हुन्छ भन्ने जवाफ दिनुभएको एक नेताले बताए । ती नेताका अनुसार नेता नेपाल आफूलाई भेट्न आएका पाँचै जना नेतासँगै आफ्नो बिश्वास टुटेको भन्दै रिसाउनु भयो ।

एमाले एकताका लागि आज निर्णायक दिन हुने बताइएको छ । आजै प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने भन्दै माधवसँग अन्तिम निर्णय माग्नुभएको छ । माधव देउवा सरकारमा जाने निर्णयमा हुनुहुन्छ । अहिलेसम्म दोस्रो तहका नेताहरुको दवावका कारण माधवले निर्णय नगरे पनि अव ढिला नगरी सत्ताको स्वादमा रमाउने उहाँको योजना छ । यही तथ्य बुझेर नेताहरुले माधवलाई सम्झाउन जाँदा कार्यदलका सदस्यप्रति नै आफ्नो बिश्वास टुटेको माधवको रुखो बचन भेटनु परेको छ ।

‘तपाई के गर्ने ? भनेर सोध्यौं तर माधव कमरेडले हामीप्रति नै भरोसा देखाउनुभएन । उहाँको छलफल अचेल हामी भन्दा अरुसँग नै बढी हुने गरेको छ । घटनाक्रम हेर्दा माधव एमालेमा नआउने, देउवा सरकारमै जाने पो देखियो,’ माधवलाई भेटेपछि जनताटाइम्ससँग अर्का नेताले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...