माधव नेपाललाई साधारण सदस्यपनि नरहनेगरी कारवाही गर्ने पार्टीको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले स्थायी कमिटीको बैठकले आज बरिष्ठ नेता माधव कुमार नेपाललाई साधारण सदस्यपनि नरहनेगरी पार्टीबाट निस्कासन गर्ने भएको छ । आज अपरान्ह ३ बजे बस्ने स्थायी कमिटी बैठकले उनलाई कारवाही गर्ने बिषेश स्रोतको दावी छ । विघटित कार्यदलका नेताहरु केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने जिकिर गरेका थिए । आफू निकट कार्यदलका सदस्यहरुसँग नेपालले १० बुँदे सहमति र अर्को वा दोस्रो अध्यक्ष जे भने पनि स्वीकार्य नहुने वताएपछि उनलाई पार्टीबाटै गलहत्याउने तयारी भएको एमालेका एक नेताले बताए । उनले भने अब माधव नेपाललाइ एमालेमा कुनै ठाँउ छैन । आजैबाट माधव नेपाल दलबिनाको नेता बन्ने भएका छन । नेपाललाई एमालेमा कुनै स्थान छैन भनेर अध्यक्ष ओलीले शनिवार नै बताएपछि वातावरण थप बिग्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...