माधव नेपाललाई साधारण सदस्यपनि नरहनेगरी कारवाही गर्ने पार्टीको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले स्थायी कमिटीको बैठकले आज बरिष्ठ नेता माधव कुमार नेपाललाई साधारण सदस्यपनि नरहनेगरी पार्टीबाट निस्कासन गर्ने भएको छ । आज अपरान्ह ३ बजे बस्ने स्थायी कमिटी बैठकले उनलाई कारवाही गर्ने बिषेश स्रोतको दावी छ । विघटित कार्यदलका नेताहरु केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने जिकिर गरेका थिए । आफू निकट कार्यदलका सदस्यहरुसँग नेपालले १० बुँदे सहमति र अर्को वा दोस्रो अध्यक्ष जे भने पनि स्वीकार्य नहुने वताएपछि उनलाई पार्टीबाटै गलहत्याउने तयारी भएको एमालेका एक नेताले बताए । उनले भने अब माधव नेपाललाइ एमालेमा कुनै ठाँउ छैन । आजैबाट माधव नेपाल दलबिनाको नेता बन्ने भएका छन । नेपाललाई एमालेमा कुनै स्थान छैन भनेर अध्यक्ष ओलीले शनिवार नै बताएपछि वातावरण थप बिग्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...