मेरो पहिलो विदेश भ्रमण भारत नै हो : प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण भारत नै हुने निश्चित् भएको छ । प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत लिनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतले बधाई दिएको थिएन ।

तर, प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाई दिएका थिए । त्यसपछि चीन, अमेरिकालगायत विभिन्न देशबाट उनलाई बधाई आइसकेको छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै देउवालाई उनको निजी निवास बुढानिलकण्ठै पुगेर नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले बधाई दिएका थिए । भारतीय राजदूत विनयमोहन क्वात्राले पनि उनलाई बुढानिलकण्ठमै पुगेर बधाई दिएका थिए ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएको तीन साता बित्न लाग्दापनि अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । गठबन्धनमा आवद्ध दलहरुले सरकारमा क–कसलाई पठाउने भनेर नाम दिन ढिलाई गर्दा मन्त्रिपरिषद् विस्तारमा पनि ढिलाई भैरहेको छ । मन्त्रिपरिषद् विस्तार गरिसकेपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानसक्ने तयारी भएको छ ।

यसको लागि भारतीय राजदूत क्वात्रा नयाँ दिल्ली प्रस्थान् गरिसकेका छन् । उनले प्रधानमन्त्री देउवाको छोटो भ्रमण गराउनेगरि तयारी थालेको उच्च स्रोतले जनाएको छ । स्रोतले भन्यो,‘प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण भारत नै हुन्छ । यसको लागि भारतले तयारीसमेत थालिसकेको छ। अहिले राजदूत नयाँ दिल्लीमा हुनुहुन्छ ।’ देउवाले दुई दिने भ्रमण गर्ने र त्यस क्रममा सार्वजनिक कार्यक्रममा सरिक हुनेभन्दापनि उच्चस्तरीय राजनीतिक भेटवार्तामात्रै गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...