बामदेव गौतमले पनि छोडे माधव नेपाललाई



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी हुन थालेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गर्दै आएको बैठकमा आइतबार गौतम सहभागी भए । यसले एमालेभित्रको राजनीतिमा नयाँ सम्भावना विकास भएको छ । गौतमले एमाले एक हुञ्जेल स्थायी कमिटी मान्नुपर्ने तर्क राख्दै आएका थिए । उनी बैठकमा सहभागी भएर माधव नेपालमाथि दबाब सृजना गर्दैछन् । विश्वस्त स्रोतका अनुसार गौतम एमाले विवादमा वर कि पार लगाउन नेता नेपाललाई भन्दै आएका छन् । नेपालले अलमल गरेकोमा असन्तुष्ट छन् ।

ओलीसँग असन्तुष्ट गौतम माधव नेपाललाई साथ दिएर सांसद पनि जुटाउन सक्रिय भएका थिए । उनको पहलले ७ जना सांसदले गुट परिवर्तन गरेका थिए । तर, सरकारमा जान आनाकानी गरेपछि गुट परिवर्तन गरेका सांसदहरु असन्तुष्ट बनेका छन् । गौतम पनि नेपालमाथि दबाब सृजना गरी छिटो टुंगोमा पुग्न भनिरहेका छन् ।

माधव नेपाल आफू पक्षमा रहेका सांसद र केन्द्रीय सदस्यहरुलाई धैर्य गर्न आग्रह गरिरहेका छन् । उनी तत्काल एमाले फुटाउन तयार देखिएका छैनन् । एमालेभित्र पकड बढाएर ओलीलाई अध्यक्षबाट हटाउन लागिपरेका छन् । तर, त्यो सजिलो छैन ।

अहिलेको स्थितिमा नेपाललाई उपाध्यक्ष भीम रावलले साथ छाडेका छन् । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्यलगायतका नेताहरु पनि पार्टी विभाजनको पक्षमा छैनन् । यसकारण नेता नेपाल अप्ठ्यारोमा छन् । उनी एमालेमै रहेर संघर्ष गर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...