समाचार

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् ।पुष्पलाल (मध्यपहाडी) राजमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेका अध्यक्ष ओलीले आज बिहान पोखरास्थित पुष्पलाल स्मृति पार्कमा पुष्पलालको शालिकमा माल्यार्पण गरेका हुन्