प्रचण्डले सदनमा कांग्रेसमाथि लगाए यस्ता आरोप



 

 

नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले चुनावमा माओवादीलाई भोट नदिएकोदेखि कोशीमा अन्तर्घात गरेको विषयले गठबन्धन फेर्ने मनोविज्ञान बनेको बताएका छन् । एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएपछिको पहिलो संसद बैठकमा उनले कांग्रेसले प्रदेश, प्रतिनिधिसभा निर्वाचनदेखि राष्ट्रियसभा निर्वाचनसम्म माओवादीलाई अन्तर्घात गरेको आरोप लगाएका हुन् । निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई जुन तहमा सघायो । त्यही त आफूले सहयोग पाएन भन्ने मनोविज्ञान देशभरि नै थियो । त्यसले आपसी विश्वास केही कम बनाएको थियो,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा माओवादीविरुद्ध गरेको विद्रोहलाई कांग्रेस दण्डित गर्नुको सट्टा पुरस्कृत गरेको बताए । निर्वाचनपछि माओवादीलाई सत्ताको नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हट्दा त्यसबाट अर्को मनोविज्ञान बन्न गयो । कोशी प्रदेशमा त कांग्रेसले माओवादीविरुद्ध एक किसिमको विद्रोह नै गर्‍यो । गठबन्धनको नैतिकताको कसिमा त्यो दन्डित हुनुपर्थ्यो त्यसो हुन सकेन । बरु भयो पुरस्कृत गरियो । उनले थपे, ‘राष्ट्रियसभामा त्यही पक्षले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्‍यो । प्रधानमन्त्री प्रचण्डले गठबन्धनको निन्दा गर्दै महासमिति बैठकमा गठबन्धनविरुद्ध निष्कर्ष निकालिएको आरोप लगाए । कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ त्यही गठबन्धनको निन्दा जस्तै गरी गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो बिर्सिएर चर्चा परिचर्चा छलफल र एक हदसम्म निष्कर्ष निकालियो गठबन्धनकै विरुद्ध,’ उनले भने, ‘निर्वाचन आउन ४ वर्ष बाकी छँदै गठबन्धनका साझेदारसँग अनावश्यक र बेमौसमको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक मान्न सकिएन ।
कांग्रेसले महासमिति बैठकमा २०४७ सालको संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरेको प्रधानमन्त्री प्रचण्डले आरोप लगाए । ‘महासमिति बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन । र त्यसलाई विद्रुपीकरण गरियो र २०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो,’ उनले भने । कांग्रेसका कारण मिलिसकेको सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वासको वातावरण बन्न गएको प्रधानमन्त्री प्रचण्डले सुनाए । ‘यसरी हामीबिच हिजो मिलिसकेको सैद्धान्तिक र वैचारिक विषयमा शंका र अविश्वासको वातावरण बन्न गयो । सरकारका रूपमा हामीले उल्लेखनीय उपलब्धि हासिल नगरेका पनि होइनौं । तर, त्यो भन्दा बढी चाहन्थे,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्