इलाम २ को उप-निर्वाचनमा एमालेबाट को-को छन आकांक्षी ?



हाम्रो इकोनोमि

 

 

 आउँदो वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उप निर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ । उपनिर्वाचनका लागि एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ । जिल्ला सचिवालयको बुधबारको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको छ । इलाम–२ मा एमालेबाट दिवंगत नेता सुवास नेम्बाङका स्वकीय सचिवको भूमिकामा रही दुई दशक काम गर्नुभएका बुद्धिप्रसाद खनाल, युवा नेता रवीन्द्र सुवेदी, लेखक एवम विश्लेषक डा. देवी क्षेत्री दुलाल, नेम्बाङका छोरा सुहाङ नेम्बाङलगायत उम्मेदवारका आकांक्षी हुनुहुन्छ ।

।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...