राप्रपालाई लिँदैनौँ भन्ने कुरा नोटिसमा राखेका छौँ : लिङ्देन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राप्रपालाई लिँदैनौँ भनेको विषयलाई नोटिसमा राखेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले सरकारमा नजाने भन्दा भन्दै जान खोजेजस्तो बनाएर भ्रम छरेको बताए । उनले भने( कतिपय साथीहरूलाई भ्रम भयो राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो भन्ने । उसले पनि प्रयास गरेको भन्ने अर्थ लगाइयो। कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भनेर । त्यसलाई हामीले नोटिसमा राखेका छौँ । हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैन भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस् । तपाईँको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस् । उनले देशको अवस्था ठिक नभएको भन्दै अब नयाँ व्यवस्थामा जानुपर्ने बताए । अहिलेको व्यवस्थाकै कारणले देशको अवस्थामा बिग्रिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...