शीतल निवासमा साँझ ५ बजे नयाँ मन्त्रीहरूको शपथ



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दछन् । नयाँ मन्त्रीहरूले शीतल निवासमा साँझ ५ बजे शपथ लिने तयारी भएको छ । एमालेबाट पार्टी सचिव समेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर एमालेले पठाउने भएको हो । एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने बताइएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो । माओवादीबाट थप दुई मन्त्रीले शपथ लिने छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र र उपमहासचिव वर्षमानले अर्थमन्त्री बन्दैछन् । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् । रास्वपाले पनि थप तीनजना मन्त्री टुंग्याएको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् । उपसभापति डीपी अर्याललाई श्रममा पठाइने भएको छ । उनले यसअघि शपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...