शीतल निवासमा साँझ ५ बजे नयाँ मन्त्रीहरूको शपथ



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दछन् । नयाँ मन्त्रीहरूले शीतल निवासमा साँझ ५ बजे शपथ लिने तयारी भएको छ । एमालेबाट पार्टी सचिव समेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् । भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर एमालेले पठाउने भएको हो । एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने बताइएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो । माओवादीबाट थप दुई मन्त्रीले शपथ लिने छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र र उपमहासचिव वर्षमानले अर्थमन्त्री बन्दैछन् । यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् । रास्वपाले पनि थप तीनजना मन्त्री टुंग्याएको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् । उपसभापति डीपी अर्याललाई श्रममा पठाइने भएको छ । उनले यसअघि शपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

केपी ओली र प्रचण्डबीच गोप्य भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

चीन जाने तयारीमा रवि लामिछाने

    रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी...