समाचार

राष्ट्रपति स्विजरल्यान्ड जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार स्विजरल्यान्ड भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्यान्डको जेनेभामा आयोजना गर्न लागेको ‘वर्ल्ड अफ वर्क समिट’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ जान लाग्नुभएको हो । अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।