नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा



हाम्रो इकोनोमि

चितवन । नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

आयोजनाका सामाजिक विकास तथा पुनर्वास विज्ञ शिवराज सेढाईंले सो सडकको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिनुभएको छ । सेढाईंका अनुसार त्रिशूली नदीतर्फको सेती दोभान, केराबारी, चोभार खोला, कालीखोला, टोपे खोलालगायत क्षेत्रमा रहेका घर जोखिममा रहेका छन् ।

भित्तो काटिएका र नकाटिएका पहाडबाट पहिरो खस्न सक्ने जोखिम देखिएकाले ती घर स्थानान्तरणका लागि सुझाव दिइएको सेढार्इंले बताउनुभयो । थप १५ दिनमा विस्तृत अध्ययन गरी प्रतिवेदन दिइने बताउँदै उहाँले तत्काल जीउधनको क्षति न्यूनीकरणका लागि ती घर स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार विज्ञबाट प्राप्त प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । आउँदो वर्षको बजेटबाट मुआब्जा दिने गरी ती घर अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह गरिएको उहाँले बताउनुभयो । यो सडक राष्ट्रिय राजमार्गको अति महत्वपूर्ण सडकभित्र पर्दछ । यस्ता सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५-२५ मिटर सडकको भागमा पर्दछ । ती अधिकांश घर सडकको भागमा नै पर्दछन् । अति जोखिममा रहेका घर मात्र तत्कालका लागि स्थानान्तरण गर्न भनिएको हो ।

खनालका अनुसार सडकको मापदण्डअनुसार घर भत्काउने हो भने दासढुङ्गादेखि मुग्लिनसम्मका कुनै पनि घर सडक छेउमा बाँकी रहँदैनन् । सडकको एकापट्टि नदीको तिरमा साना घरहरु छन् भने अर्कोपट्टि छेउमा ६० मिटर सम्म अग्ला पहाड रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आफूले आयोजनाको पत्र पाइनसकेको बताउँदै पत्र पाए लगत्तै दैवीप्रकोप उद्धार समितिले आवश्यक काम अघि बढाउने बताउनुभयो । सोे सडक छेउमा होटल, किराना पसल, ग्यारेज लगायतका व्यवसायसहित बसोबासका लागि पनि बनाइएका छन् ।

नारायणगढ मुग्लिन सडकखण्डमा असार यता मात्र दैनिकजसो पहिरो खसेर नेपाल प्रहरीको भ्यान र ट्रक बगाएको थियो भने तीन प्रहरीको मृत्यु र एक अझै बेपत्ता रहेका छन् । सडकबाट चिप्लिएर एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । पहिरोका कारण ३४ घन्टासम्म सडक बन्द रहँदा यात्रुले हैरानी बेहोर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...