वृद्धभत्ता वडा कार्यालयबाट तत्काल वितरण गरिने



हाम्रो इकोनोमि

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमणबहादुर थापाले वृद्धभत्ता वडा कार्यालय भवनबाट तत्काल वितरण गरिने बताउनुभएको छ ।

नगरपालिकाको पहिलो नगर प्रमुख थापाले पदबहाली गर्दै वृद्धवृद्धालाई ध्यानमा राखी वृद्धभत्ता बुझ्न सहज परोस् भन्ने उद्देश्यले आफूले तत्काल वडा कार्यालय भवनबाट वितरण गर्ने व्यवस्था मिलाउन प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले रामपुरको बेझाड बजार क्षेत्रबाट निस्कने फोहोरमैला व्यवस्थित गर्न वैकल्पिक उपाय अपनाउने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख थापाले रामपुर नगरभित्र ।सबै घरमा जस्तापाता उपलब्ध गराएर खरको छानोरहित नगर घोषणा गर्ने कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको जानकारी पनि दिनुभयो ।

नगर क्षेत्रभित्रका सडकमा ‘एक घर एक रुख’ अवधारणाअनुरुप ‘ग्रिन सिटी’ निर्माण गरेर नगरपालिकालाई देशकै नमुना सहरका रुपमा पहिचान गराउने, नगरपालिकाभित्र पर्ने मुख्य सडकको स्तरोन्नति गरी पाँच वर्षभित्र कालोपत्रे गरिने, प्रत्येक वडामा आवश्यक पुल एवम् कल्भर्ट निर्माण गरी पक्की सडकमार्फत नगरपालिकाको केन्द्रसँग जोडिने योजनालाई प्राथमितामा राखेर काम गर्दै जाने थापाको योजना छ ।

नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले सहिद सूर्यप्रसाद घिमिरेको सालिक निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले गरिबीको रेखामुनि रहेका दलित, जनजाति र एकल महिलाका लागि आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...