झापामा एमालेको अग्रता कायमै



दमक । झापाको जारी स्थानीय तहको मतगणना सम्पन्न हुन बाँकी रहेका ११ वटा स्थानीय तहमध्ये नौ वटामा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ ।

आज बिहानसम्मको मतपरिणामअनुसार जिल्लाका दुई गाउँपालिकासहित सात नगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको हो । एमालेले जिल्लाको दमक, गौरादह, शिवसताक्षी, विर्तामोड, मेचीनगर, अर्जुनधारा र भद्रपुर नगरपालिका तथा बुद्धशान्ति र कमल गाउँपालिकामा अग्रता लिएको छ । यसअघि एमालेले कनकाई नगरपालिकामा विजय हासिल गरेको छ । एमालेका तर्फबाट कनकाईको प्रमुखमा राजेन्द्र पोखरेल विजयी हुनुभयो ।

यस्तै, नेपाली काँग्रेसले एक स्थानमा विजय हासिल गरेर एक स्थानीय तहमा अग्रता लिएको छ । झापा गाउँपालिकामा काँग्रेसका जयनारायण शाह अध्यक्षमा विजयी हुनुभएको छ । काँग्रेसले बाह्रदशी गाउँपालिकामा अग्रता लिएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दुई तहमा विजय हासिल गरेको छ । उसले काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी र कचनकवलमा जित हासिल गरेको छ । कचनकवलमा अञ्जार आलम र हल्दिबारीमा राजेन्द्र लिङ्देन प्रमुख पदमा विजयी हुनुभएको छ ।

यस्तै, जिल्लाको गौरीगञ्ज गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायम राखेको छ । झापामा १५ स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा