माओवादी र फोरमको विरोधपछि धरानमा मतगणना रोकियो



हाम्रो इकोनोमि

धरान । धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । वडा नं। ९ र १० को मतगणना भई परिणाम सार्वजनिक गर्ने क्रममा नेकपा माओवादीसँग गठबन्धन गरी उपमेयरमा उठेका संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले विरोध जनाएपछि राती मत परिणाम रोकिएको छ ।

गणनाका क्रममा यी दुई वडामा उपमेयर काङमाङले प्राप्त गरेको मत अन्यत्र जोडिएको पाइएपछि मत गणना स्थलमा विवाद उत्पन्न भएको बताईएको छ । अहिले विहान सर्वदलीय वैठक बसेर निष्कर्ष निकाल्ने सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

धरानमा ८ वटा वडाको मत गणना सम्पन्न भइसकेको छ । जसमा एमाललेले ३, ४, ६ , ७ र ८ वडामा प्यानलसहित विजय हासिल गरिसकेको छ । काँग्रेसले वडा नं १, २ र ५ प्यानलसहित विजयी भएको छ ।

धरानमा हालसम्म भएको मत परिणम अनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेको मेयरका उमेद्वार तारा सुब्बाले ७ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मेयरका उमेद्वार तिलक राईले ६ हजार १ सय ४२ मत छ । यस्तै उपमेयरमा एमालेकी मञ्जु भण्डारी सुुवेदीले ७ हजार ५ सय ५६ मत छ भने नेपाली काँग्रेसकी उपमेयरकी उमेद्वार श्यामा रेग्मीले ६ हजार ६ सय ६ मत छ ।

 

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...