समाचार

सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु , मृतकको नामावली सहित

  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।   मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो ।