पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानले सरकार बनाउने



हाम्रो इकोनोमि

 

पाकिस्तानको आमनिर्वाचनबाट पूर्व क्रिकेटर इमरान खानको पार्टी तहरिक–ए–एन्साफ (पीटीआइ) ले सरकार बनाउने सम्भावना बढेको छ । पीटीआइले ४७ प्रतिशत भोट गणना हुँदा ११३ सीटमा अग्रता लिएको छ ।

नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग ६४ सीटमा अगाडि छ भने बेरेजिर भुट्टोको पार्टी पीपीपी ४३ सिटमा अगाडि रहेको छ ।

 

स्पष्ट बहुमतका लागि १३७ सिट जित्नुपर्नेछ । २७२ सिटका लागि मतदान भएको हो । पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ । प्रतिनिधिसभाको लागि तीन हजार ४५९ जना उम्मेदवार रहेका छन्

 

यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीयसभाका लागि ५७७ सिट रहेको र आठ हजार ३९६ उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएकोमा करिब छ करोड पुरुष रहेको जनाइएको छ ।

 

जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

यस निर्वाचनको पूर्वसन्ध्यामा यहाँको सत्तारुढ दल नेशनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ ।

 

निर्वाचनको मुखैमा आएर उनलाई दश वर्षको जेल सजाय सुनाइएपछि यहाँको निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निस्पक्ष निर्वाचनका विषयमा आशङ्का पनि उत्पन्न भएको छ ।

मतगणना भने ढिलोगतिमा भइरहेको भन्दै निर्वाचन आयोगले आलोचना खेपिरहेको छ । चुनावमा धाँधलीसमेत भएको भन्दै आक्रोशसमेत पोखिएको छ ।

यो निर्वाचन भने हिंसायुक्त भयो । बुधबार चुनावकै दिनमात्र ३५ जनाको ज्यान गएको थियो । सयौं घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...