प्रधानन्यायाधीशमा सिफारिस जोशीविरुद्ध यस्ता छन ५ उजुरी, सुनुवाइ आज



हाम्रो इकोनोमि

 

 

प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा परेका विभिन्न उजुरीहरुको अाज सामना गर्दैछन् ।

 

संवैधानिक परिषद्को निर्णयबाट यही जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीको दिउँसाे १ बजे संसदीय समितिमा सुनुवाइ हुन लागेको हो । यसअघि सुनुवाइ समितिले उजुरीको समय दिँदै सुनुवाइको मिति तय गरेको थियो ।

 

जोशीविरुद्ध विभिन्नखाले ५ उजुरी परेका छन् । जोशीको सबैभन्दा ठूलो विवाद यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ ।

 

उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव मंगलबारकोे वैठकमा नेकपाका सांसदले राखेका थिए । तर कांग्रेस नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञ बोलाउन नहुने मत राखेका छन् ।

 

समितिको कार्यविधिमा संसदीय सुनुवाईका क्रममा आवश्यकता अनुसार विज्ञलाई बोलाउने सकिने उल्लेख छ । तर, यसरी बोलाइने विज्ञहरुलाई सुनुवाईका क्रममा प्रश्न गर्ने अधिकार हुने छैन ।

 

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

 

जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्यन्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।

 

गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम् न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए । यद्यपि, संसदको कार्यसञ्चालन नियमावलीको अभावमा संसदीय सुनुवाइ समिति गठन नहुँदा चयन प्रक्रियाले गति लिन सकेकाे थिएन ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...