समाचार

डा. केसीको अवस्था गम्भिर, उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ ल्याउने तयारी

  इलाममा अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोलीलाई बुधबार इलाम पठाइएको हो ।