११ सय मुल्यको सुई १४ हजारमा किन्ने कि डा. केसी लाई समर्थन गर्ने



हाम्रो इकोनोमि

 

यतिबेला डाक्टर गोबिन्द अनसनमा बसिरहेका छन ।

केसीले संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर पारित गर्न खोजिएको भन्दै पुनः आमरण अनसन सुरु गरेका हुन् ।

केसीको समर्थनमा सामाजिक संजाल लगायत मोबाइलको म्यासेज बक्समा एक संदेश भाइरल भैरहेको छ।

उक्त सन्देश चिकित्सा क्षेत्रमा अहिले भइरहेको विकृति, विसंगति र अनियमितता लगायत माफियाहरुको जालोलाई सर्वसाधरण माझमा पुर्याउने माध्यम बनिरहेको छ।

संदेश जस्ताको त्यस्तै:

तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो , डाक्टरले भन्ने गर्छ – Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको … । इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ ।

तर त्यसमा MRP 14000 को छ ! तपाईं के गर्नुहुन्छ ? तपाइको छोरालाई टाइफाइड भयो डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ होलसेलमा दाम त्यसको रु. 40 छ ।

अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ !

तपाईं के गर्नुहुन्छ ?

तपाइको आमाको किड्नी फेल भएको छ हरेक तेस्रोदिन Dialysis हुने गर्छ । Dialysis पछि एउटा इन्जेक्सन लाग्छ । MRP सायद रु 2900 छ ।

तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु । पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ?

किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ ।

इन्जेक्सन को वास्तविक मूल्य

रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ

तपाईं के गर्नुहुन्छ ?

तपाइको बच्चालाई इन्फेक्सन भएको छ । डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को … ।

तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ । अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 वाला … ।

तपाईं के गर्नुहुन्छ ?

सबैभन्दा ठूलो यक्ष प्रश्न … । नालीमा खस्यो प्रींस , बिना ड्राइभरको कार , सासू बुहारी र षड्यन्त्र सावधान, क्राइम रिपोर्ट गुण्डा नाइके को गर्लफ्रेण्ड !

यो सब देखाउछ मिडिया ले तर ……………..

Doctors , Hospitals र Pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?

मिडियाले देखाउदैन भने कसले देखाउछ ? मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ? यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ !

Media किन चुप छन् ?

कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ? 200/- रुपैया माग्दाखेरी अटो वालालाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!!

डाक्टर साहब लाई के गर्नुहुन्छ ?

तपाईं गरिब हुनुन्छ तर छोरा छोरी लाई डाक्टर पढाउनु मन छ पढ्न सक्ने पनि छन तर……….35 लाख पर्ने कलेज को फी दलाल ले 40,50,60,70 कति सक्छन मन्परि लिन्छन ।।।

अनि गरिब ले पढ्ने कसरी?

तपाई को आफन्त अस्पतालमा लापरबाहीको कारण मृत्यु हुन्छ, आन्दोलन गर्नुहुन्छ तर के बिचार गर्नु भएको छ दिन कति नेपालीहरु उपचार नपाएर , उपचार गर्न नसकेर, औसधि नपाएर मरेका छन् सैयामा।

यिनै हाम्रो देशमा भएको चिकित्सा छेत्रको नराम्रो पक्षको बिरोध गर्दै Dr Gobinda KC सत्र दिन देखि अन्सनमा हुनुहुन्छ अनि हामी हाम्रो लागि बोलिदिने Doctor मर्न लाग्दा चुप छौँ ।

यदि तपाइलाई यो सत्य लाग्छ भने गरीदिनुस फरवर्ड र शेयर सबैलाई ! जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनलाई आफ्नो सहयोग दिनुस ।

भिडियो हेर्नुस

 

 

 

 

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...