मन्दिर जाँदा हट्टाकट्टा पारश अपार्टमेन्ट फर्केपछि किन भए लल्याक-लुलुक्?, यस्तो रहेछ कारण



हाम्रो इकोनोमि

 

ललितपुरस्थित शिवपार्वति मन्दिर र हिरण्यवर्ण महाविहार पुगेका पूर्व युवराज पारशलाई सयौँ राजावादीहरुले स्वागत गरेको फोटो र भिडिओ पोष्ट गर्दै सोमबार दिनभरजसो खुसी मनाइरहेका थिए राजावादीह।

 

झन् पारशको स्वागतका लागि नेपाली कांग्रेसबाट निर्वाचित ललितपुर उपमहानगरपालिकाका मेयर चिरिकाजी महर्जन नै उपस्थित भएको तस्वीर सहितको समाचार प्रकासित भएपछि उनीहरुलाई के चाहियो?

 

तर, दिनभरि पारश, पारशको स्वागतको तस्वीर र भिडिओ पोष्ट गरेर फेसबुकमा हर्ष मनाइरहेका राजवादीहरुले त्यो खुसीलाई ५ घण्टापनि लम्ब्याउन पाएनन्। किनभने, साँझ पाँच बज्दानबज्दै हृदयाघात भएपछि पारश नर्भिक अस्पताल भर्ना भएको समाचार आइसकेको थियो।

 

सोमबार दिउसो शिवपार्वति मन्दिर र हिरण्यवर्ण महाविहार पुग्दा पूर्व युवराज पारश पहिलेजस्तो लामो कपाल नकोरेको, झुस्स दा¥ही पालेका र भ्याङ्लाङ्ग परेका कपडा लगाएर बैराग्य लाग्दा देखिएका थिएनन्।

 

पहिले भन्दा फरक– सोमबार दिउसोसम्म उनको अनुहार हँसिलो थियो, अनुहारमा चमक थियो। पहिलेजस्तो गेरुबस्त्र लगाएका थिएनन्। बरु, लङ्गकोट पहिरिएका थिए, जसले गर्दा उनको व्यक्तित्व ओजिलो पनि देखिएको थियो। तर अपरान्ह जे भयो, दिउसोको अनुहार हेर्दा त्यस्तो होला भन्ने कसैले पनि कल्पना गरेका थिएनन्।

 

दिउसो त्यस्तो ठिकठाक देखिएका पारशलाई अपरान्ह ४ बज्दानबज्दै अचानक मुटु दुख्न थाल्यो। उनले असहज महसुस गर्न थाले, उनको जीउ लल्याक्लुलुक भयो। र, नर्भिक अस्पताल जानुप¥यो।

 

दिउसोसम्म हट्टाकट्टा देखिएका पारश साँझ पर्न लाग्दा नलाग्दै किन लल्याक्लुलुक् भए? जानकार स्रोतका भनाईमा, पारश आफ्नै हेलचक्र्याइँका कारण मुटुमा समस्या सिर्जना भएको हो।

 

२०६९ फागुनमा पहिलो पटक हृदयाघात भएपछि पनि पारश नर्भिक अस्पताल लगिएका थिए। थाइल्याण्डमा रहँदा पनि उनलाई हृदयाघात भएको थियो। मुटुमा रगत जम्ने समस्या देखिएपछि आवस्यक प्रविधि उनको शरीरमा जडान गरिएको थियो। साथै, उनी नियमित रुपमा औषधि पनि सेवन गरिरहेका थिए।

 

‘तर, केही समययता स्वास्थ्यप्रति हेलचक्र्याइँ बढ्न थालेको थियो, नियमित रुपमा लिनुपर्ने औषधि केही दिनयता खानै छोडेका रहेछन्’ निर्मल निवास स्रोतले भन्यो, ‘उनको मुटुमा समस्या देखिएको त्यही कारणले रहेछ।’

चण्डोलस्थित एउटा अपार्टमेन्टको फ्ल्याटमा बस्ने आएका पारशको मुटुमा समस्या देखिएपछि उनलाई अपरान्ह थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो, जहाँ अपरेशन गरेर जमेको रगत निकाल्ने काम गरेपछि उनी आराम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...