चार किलो सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
चार किलो सुनसहित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन्। ड्रयागन एयरको विमानमार्फत आएका चिनियाँ नागरिक ली निङ्ग्सीलाई आइतबार मध्यरातमा चार किलो सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।